PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

राजुकाजी शाक्य नगदसहित सम्मानित



पहिलोपोस्ट

राजुकाजी शाक्य नगदसहित सम्मानित

ललितपुर : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक, पुर्व राष्ट्रिय फुटबल टोलीका कप्तान राजुकाजी शाक्यलाई जावलाखेलस्थित फ्युचर स्टार्स हाई स्कुलले शनिबार सम्मान गरेको छ। विद्यालयको  वार्षिक खेलकुद दिवसका अवसरमा शाक्यलाई नगद १० हजार ५ रुपैयाँ र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।

ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्याल र स्कुलकी प्रिन्सिपल मञ्जु कार्की लामिछानेले संयुक्त रुपमा शाक्यलाई सम्मान गरे। विद्यालयले हरेक वर्ष खेलकुद क्षेत्रका एक जना विशिष्ट व्यक्तिलाई सम्मान गर्दै आएको छ।

सम्मानित भएपछि शाक्यले मेहनतकै कारण आफू यो स्थानमा आईपुगेको भन्दै सबै विद्यार्थी खेलाडीलाई अनुशासनपूर्वक परिश्रम गर्न सुझाव दिए।

कार्यक्रममा एथलेटिक्सको विभिन्न विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए। विद्यार्थीहरुले कराँते खेलको कौशल पनि प्रदर्शन गरेका थिए।

यस्तै विद्यालयको वार्षिक खेलकुद दिवसका अवसरमा भएका ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, बास्केटबल, भलिबल लगायतका अन्य विभिन्न खेलका विजयी खेलाडी तथा हाउसलाई पदक तथा शिल्ड वितरण गरिएको थियो। यस वर्ष निलो सदन उत्कृष्ट भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell