PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

गोपाल किराँतीको प्रश्नः के एमालेले माओवाद र पहिचान स्विकार्छ ?



नेत्र तामाङ

गोपाल किराँतीको प्रश्नः के एमालेले माओवाद र पहिचान स्विकार्छ ?

काठमाडौं :  नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पछिल्लो वाम गठबन्धन र पार्टी एकताबारे धारणा बनाउन बेग्लै भेला बोलाउने तयारी गरेका छन्।

दुर्इ वाम शक्ति नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबारे आफ्नो समूहको धारणा बनाउन पुस ११ गते भेला डाकेको किराँतीले जानकारी दिए।

उनले भने, ‘अहिले सबैतिर पार्टी एकीकरणकै कुरा भइरहेको छ, हामी यसबारे धारणा बनाउन ११ गते भेला बस्दैछौं।‘भेलाले एकीकरणका लागि पार्टीले लिनुपर्ने अडान तय गर्ने उनले बताए।

पार्टी एकीकरण पूर्व माओवादीकै महाधिवेशन हुनुपर्ने र महाधिवेशनले निर्देश गरेअनुसार एकता हुनुपर्ने किराँतीको भनाइ थियो।

उनले भने, ‘पहिले त महाधिवेशन हुनुपर्छ। महाधिवेशनले जे निर्देश गर्छ त्यसैअनुसार पार्टी अगाडि बढ्नुपर्छ। यो बेला भनेको माओवादी केन्द्रलाई नै सृदृढ गर्ने समय हो।‘

किराँतीले एमालेसँग पार्टी मिल्दै गर्दा माओवाद र पहिचानलाई छोड्नै नसकिने जिकिर गरे। भने,  ‘माओवाद र पहिचानका मुद्दालाई एमालेले स्विकार गरेमा पार्टी एकीकरण हामीलाई स्विकार्य छ।‘

निर्वाचनपछि एमाले र माओवादीबीच एकीकरण हुने भनिए पनि एकता हुने दिन भने तोकिएको छैन।

यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमै पार्टी एकता हुने बताउँदै आएका छन्।

शनिबार मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका एकदुर्इ जनाले विरोध गर्दैमा एकता नरोकिने भन्दै कसैले विरोध गरेमा ती छुट्ने बताएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell