PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

गाई भैँसी चराएर हुर्किएको भन्दै केपी ओलीले भने : म शासक होइन सेवक हुने हो



पहिलोपोस्ट

गाई भैँसी चराएर हुर्किएको भन्दै केपी ओलीले भने : म शासक होइन सेवक हुने हो

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुसंग कुनै शासकिय स्वभाव नभएको दावी गरेका छन्।

सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूमा कुनै कुराको दम्भ नभएको बताएका हुन्। अध्यक्ष ओलीले भने 'वास्तवमा म शासक हुने होइन सेवक हुने हो। गाई भैँसी चलाएर हुर्किएको मलाई दम्ब देखाउनु छैन। म हलिको छोरो हुँ।'

कार्यक्रममा ओलीले अहिलेको समय दलहरुबीच एकले अर्कोलाई दोषारोपण गर्ने समय नभएकाले गम्भिर भएर अगाडी बढ्नु पर्ने जरुरी भएको बताए। ओलीले सन्त नेता भट्टराईको बारेमा चर्चा समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell