PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

संरक्षकभुषण र मायांका च्याम्पियन



पहिलोपोस्ट

काठमाडौं : संरक्षकभूषण वज्राचार्य र मायांका राणाले १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन्। शनिवार भएको यु–१८ सिंगल्स ब्वाइजमा संरक्षक र गर्ल्समा मायांका च्याम्पियन बनेका हुन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा संरक्षकले प्रणव खनाललाई ३–६, ६–३, ६–३ को सेटमा पराजित गरे। गर्ल्सको उपाधि भिडन्तमा मायांकाले प्रेरणा कोइरालालाई ६–२, ६–४ को सोझो सेटमा हराइन्।

दुवै स्पर्धाका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सयका दरले नगद पुरस्कार पाए।

यसअघि यु–९ सिंगल्सको ब्वाइजमा सक्षमविक्रम शाह र गर्ल्समा सुनिरा थापा, यु–१० सिंगल्सको ब्वाइजमा आरभसम्राट हाडा र ग्ल्समा इभा अधिकारी तथा यु–१४ सिंगल्सको ब्वाइजमा आदित सुवेदी र ग्ल्समा अभिलाषा विष्टले स्वर्ण जितेका थिए।

त्यस्तै यु–१८ डबल्सको ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र भाई सम्यकको जोडी तथा गर्ल्समा जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाको जोडी च्याम्पियन बनेका थिए।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित छ दिने प्रतियोगितामा ५९ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो। सबै स्पर्धामा गरी कूल २ लाख ४८ हजार रुपैयाँ नगद पुरस्कार पुरस्कार वितरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell