PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

मेलिना राईको नयाँ गीत ‘इन्द्रेणीको..’, भिडियोमा निराजन र निता फिचरिङ



पहिलोपोस्ट

मेलिना राईको नयाँ गीत ‘इन्द्रेणीको..’, भिडियोमा निराजन र निता फिचरिङ

काठमाडौं : गायिका मेलिना राईको नयाँ गीत ‘इन्द्रणीको..’ को भिडियो सार्वजनिक भएको छ।

फरक दृश्यका साथ तयार पारिएको भिडियोमा निराजन प्रधान र निता ढुङ्गानाले अभिनय गरेका छन्।

पछिल्लो समयकी पपुलर गायिका मेलिना राईको आफ्नै युट्युब च्यानलमार्फत भिडियो रिलिज गरिएको छ। इन्द्रेणी एल्बममा समावेश यस गीतमा दियालो सुशन माँझीको शब्द रहेको छ भने उत्तम जंग लिम्बुले संगीत भरेका छन् ।

फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको छ। शान थापा निर्दे्शित भिडियोमा निराजन प्रधान र नीता ढुंगानाको जोडी फिचरीङ छन्। फिल्ममा नदेखिएको जोडीलाई भिडियोमा देखाएको निर्देशन थापा बताउछन्। गीतमा युवतीले कल्पना गर्ने मायाको संसारलाई चित्रण गरिएको छ।

विशेष गरि गीतको ड्रेसले चर्चा पाएको छ। अन्य भिडियो भन्दा फरक बनाउन निर्देशक थापाले कमल मानन्धरको डिजाइनमा रहेको ड्रेसमा निराजन र नीतालाई प्रस्तुत गरेका छन्। कल्पनाको संसारमा प्रस्तुत हुदा यस किसिमको ड्रेसमा निराजन र नीता प्रस्तुत भएका हुन्।

राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन्। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell