PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन 

विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  कालीकोटमा प्रहरीको गोली प्रहारबाट मारिएका म्यादी प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन्।

कर्णालीबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवसायमा आबद्ध युवाहरुले माइतीघरमण्डलामा हत्याको बिरोध गर्दै ऐडिलाई शहिद घोषणा गर्न माग गरेका हुन्। उनीहरुले घटनामा संलग्न प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए।

बिरोध कार्यक्रममा सहभागी कालीकोटका एमाले अध्यक्ष नेशनल शाहीले प्रहरी प्रशासनविरुद्ध आक्रोश पोख्दै शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरीलाई कडा कारबाहीको माग गरे।

त्यस्तै माओवादी केन्द्र कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले विवेक ऐडिलाई शहिद घोषणा गरी क्षतिपूर्तिसहित घटनामा संलग्नलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए। 
 


ट्रेन्डिङ पोस्ट

Ncell