PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

राखेप च्याम्पियनसिप भोली देखि, २९ खेल समावेश, एक महिना सञ्चालन हुने



पहिलोपोस्ट

राखेप च्याम्पियनसिप भोली देखि, २९ खेल समावेश, एक महिना सञ्चालन हुने

काठमाडौं : बृहत राष्ट्रिय खेलकुद भएको अर्को वर्ष गर्ने गरी सुरु गरिन लागेको राखेप च्याम्पियनसि भोलीबाट सुरु हुँदैछ।

राष्ट्रिय खेलकुद परिषद्ले यस वर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा विभिन्न खेल समावेश गरी राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरिएको छ।

च्याम्पियनसिपको औपचारिक उद्घाटन भोली  आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा एक समारोहबीच गर्नेछिन्।

च्याम्पियनसिपमा कूल ४ हजार ८२ खेलाडीले ६ सय १५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। यस्तै ६ सय १५ रजत तथा ८ सय ९७ कास्य पदक समेत प्रदान गरिनेछ।

च्याम्पियनसिपमा पाँच विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपका खेलहरु काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, चितवन, बुटवल, भैरहवा, इटहरी, हेटौँडा, बर्दियामा हुनेछ।

आसन्न १८औं एसियाली खेलकुद र १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गरी सुरु गर्न लागिएको च्याम्पियनसिपमा २९ खेलका राष्ट्रिय प्रतियोगिता हुनेछन्। नसमध्ये चार खेलको राष्ट्रिय प्रतियोगिता यस अघि नै सम्पन्न भइसकेको छ।

मौसमको प्रतिकूलताका कारण पौडी र ट्रायथलन प्रतियोगिता सम्पन्न भइसकेको तथा प्राविधिक कारणले कराते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता पनि सम्बन्धित राष्ट्रिय खेल संघले आयोजना गरिसकेको राखेपले जनाएको छ।

यसै च्याम्पियनसिपबाट राष्ट्रिय टिमको छनोट समेत हुनेछ। राखेपले च्याम्पियनसिप सम्पन्न गर्न ४ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको छ।

उक्त च्याम्पियनसिप ‘राखेप च्याम्पियनसिप सञ्चालन कार्यविधि २०७४’ मा व्यवस्था भए बमोजिम सम्बन्धित संघले संचालन गर्ने छन् भने सोको अनुगमन तथा निरीक्षण युवा तथा खेलकुद मन्त्रालय र परिषद्बाट हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell