PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मेसीले तोडे मुलरको कीर्तिमान, बने सर्वाधिक गोलकर्ता



पहिलोपोस्ट

मेसीले तोडे मुलरको कीर्तिमान, बने सर्वाधिक गोलकर्ता

बार्सिलोनाका स्टार लियोनल मेसीले युरोपको क्लबमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। ला लिगा अन्तर्गत रियल मड्रिड विरुद्धको एल क्लासिकोमा गोल गर्दै मेसीले वायर्न म्युनिखका लेजेण्ड गर्ड मुलरले बनाएको कीर्तिमा तोडेका हुन्। मेसीले पेनाल्टीबाट गोल गरेको उक्त खेल बार्सिलोनाले ३-० ले जितेको थियो।

उक्त गोलपछि मेसीले युरोपमा एकै क्लबबाट खेल्दै ५२६ गोल गरेका छन्। मेसीले बार्सिलोनाका लागि सबै खाले प्रतियोगिता गरी ६०८ खेल खेल्दै उक्त उपलब्धी हासिल गरेका हुन्।

जर्मनीका मुलरले सन् १९६५ देखि १९७९ सम्म वायर्नका लागि ५७२ खेले खेलेर ५२५ गोल गरेका थिए ।

यस्तै एल क्लासिकोमा सर्वाधिक गोलकर्ताको सूचीमा अगाडी रहेको मेसीले ३७ खेलमा २५ गोल गरिसकेका छन्। जसमध्ये मेसीले १७ गोल ला लिगामै गरेका थिए भने १५ गोल रियलको मैदान वर्नावेउमा गरेका थिए।

यसैगरी मेसीले वर्ष २०१७ मा गोल संख्या ५४ पूर्‍याएका छन्। उनले रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो र वायर्न म्युनिखका रोवर्टो लेवान्डास्कीलाई १ गोलले पछि पारेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell