PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रिमियर लिग : बर्नमाउथको पोष्टमा म्यानचेष्टर सिटीको चार गोल, लगातार १७औँ जित



पहिलोपोस्ट

प्रिमियर लिग : बर्नमाउथको पोष्टमा म्यानचेष्टर सिटीको चार गोल, लगातार १७औँ जित

लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा यस सिजन लगातार १७औँ खेल जितेको छ।

लिग अन्तर्गत शनिबार भएको खेलमा एएफसी बर्नमायथलाई ४-० ले पराजित गर्दै सिटीले उक्त सफलता हात पारेको हो। यस सिजन १९ खेलसम्म अपराजित रहेको सिटीले एक खेल मा भने बराबरी खेलेको थियो।

सिजनको दोस्रो खेलमा एभरटनसँग बराबरी खेलेयता सिटीले लगातार १७ खेल जितेको हो। घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई शानदार जित दिलाउन सर्जियो अगुएरोले २ तथा रहित स्टर्लिङ र डानिलोले एक एक गोल गरे। म्यानचेष्टर सिटी सन् १९८२ यता एकै वर्ष सय गोल गर्ने पहिलो क्लब बनेको छ।  १९८२ मा लिभरपुलले एकै वर्ष १०६ गोल गरेको थियो।

जितपछि १९ खेलबाट ५५ अंक जोडेको सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १४ अंक अग्रता बनाएको छ। युनाइटेडले सिटी भन्दा एक खेल कम खेलेको छ।  

लिग अन्तर्गत शनिबारै भएको खेलमा तेस्रो स्थानको चेल्सी एभरटनसँग गोलरहित बराबरीमा रोकिएको छ। बराबरीपछि चेल्सीको १९ खेलबाट ३९ अंक भएको छ।

अपराजित यात्रालाई ६ खेलसम्म पूर्याएको एभरटन १९ खेलबाट २६ अंक जोड्दै नवौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell