PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

लिवियाली प्रधानमन्त्रीद्वारा विश्व समुदायलाई राष्ट्रसङ्घको निर्णयमा अडिग रहन आग्रह



पहिलोपोस्ट

लिवियाली प्रधानमन्त्रीद्वारा विश्व समुदायलाई राष्ट्रसङ्घको निर्णयमा अडिग रहन आग्रह
फोटो श्रोतः libyaprospect.com

चीन :  लिवियाली प्रधानमन्त्री फाएज सेराजले सन् २०१५ मा राष्ट्रसङ्घबाट मान्यताप्राप्त आफ्नो सरकारलाई सघाउन विश्व समुदायलाई अनुरोध गरेका छन्। 

त्रिपोलीमा इटालीका विदेशमन्त्री पाओलो जेन्टिलोनीसँगको भेटपछि जारी विज्ञप्तिमा सेराजले लिवियामा व्याप्त राजनीतिक सङ्कटलाई अन्त्य गर्न विश्व समुदायले राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त सरकारको पक्षमा अडान राख्नुपर्ने बताए। 

फ्रान्सका विदेशमन्त्री जाँ येस लेड्रेनले लिवियाली प्रधानमन्त्री सेराज र शक्तिशाली सैनिक अधिकारी खालिफा हिटलरलाई भेटेको केही दिनमा इटालीका विदेशमन्त्रीसँगको भेटमा यस्तो आग्रह गरेका हुन्। 

लिवियामा सन् २०११ मा जनआन्दोलनको बलमा लामो समयदेखि सत्ता सम्हालेका पूर्व राष्ट्रपति मोहमर गद्दाफीलाई पदबाट हटाइएपछि लडाकू र दुई परस्पर विरोधी सरकारबीच विभाजित बनेको छ। रासस/एपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell