PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

फोरम अध्यक्ष यादवको राष्ट्रपतिलाई सुझाव : अध्यादेश नअड्काउनु



पहिलोपोस्ट

फोरम अध्यक्ष यादवको राष्ट्रपतिलाई सुझाव : अध्यादेश नअड्काउनु

काठमाडौं :  संघीय समाजवादी फोरम नेपालका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रियसभासम्बन्धी अध्यादेश अनुमोदन गर्न आग्रह गरेका छन्।

आइतबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा फोरमका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रपति भण्डारीलाई अध्यादेश अनुमोदन गर्न आग्रह गरेका हुन्।

अध्यादेश प्रमाणीकरणबारे छलफल गर्न राष्ट्रपतिले बोलाएको भेटमा वर्तमान गतिरोध अन्त्यका लागि फोरमले सुझाव दिएको यादवका प्रेस सल्लाहकार महेश चौरासियाले जानकारी दिए। 

चौरासियाले भने, ‘फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रपति भण्डारीसमक्ष देशको हितको लागि सरकारले प्रस्तुत गरेको अध्यादेश प्रमाणीकरण गर्नुपर्छ भनेर सुझाव दिनुभयो।’

वर्तमान गतिरोध अन्त्यका लागि अध्यादेश अड्काउन नहुने फोरमको मत रहेको उनले जनाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell