PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मनिलाको सपिङ मलमा आगो लाग्दा कम्तिमा ३७ को मृत्यु



पहिलोपोस्ट

मनिलाको सपिङ मलमा आगो लाग्दा कम्तिमा ३७ को मृत्यु

मनिला : फिलिपिन्सको मनिलामा रहेको एउटा सपिङ मलमा आगलागी हुँदा कम्तिमा ३७ जना मानिसको मृत्यु भएको छ। मारिनेमा त्यहाँ रहेको कल सेन्टरमा काम गर्नेहरु रहेको बताइएको छ। 

एनसीसी मलभित्रै हराएका ३७ जनाको जिवित हुने सम्भावना शून्य रहेको डाभाओका भाइस मेयर पावलो डुटरेटले जानकारी दिए। 
'उनीहरुका लागि प्रार्थना गरौं,' राष्ट्रपति रोड्रिगो डुटरेटका छोरासमेत रहेका उनले भने। 

मलको तेस्रो तल्लामा रहेको फर्निचर स्टोरबाट आगलागी सुरु भएको थियो। लगत्तै मलका माथिल्ला भागमा आगो सल्किएको थियो। 
आगलागीको कारण के हो भन्ने पहिचान हुन सकेको छैन। आगोमा झोसिएका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell