PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

प्रचण्डले भने–दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन



पहिलोपोस्ट

प्रचण्डले भने–दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन्। 

नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठनले चितवनमा गरेको कार्यक्रममा प्रचण्डले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताए। 

एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे प्रचण्डले भने,‘दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन। हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन।’

संगठन मिलाउँदा कठिन हुने जटिलताको विकल्प आफूहरुले सोचिसकेको उनले बताए।प्रचण्डले हिजो र आज बिहान पनि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कसरी छिटो पार्टी एकता गर्ने भन्ने विषयमा छलफल गरेको जानकारी दिए। 

उनले राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन भन्दै विपक्षमा रहने कांंग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताए। उनले भने,‘कांग्रेसको प्रतिनिधित्व नहुँदा वामपन्थीका लागि पनि खुशीको कुरा होइन, प्रतिपक्ष सहभागी हुँदा बहस र छलफलले जीवन्तता लिन्छ।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell