PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उत्तर कोरियाले भन्यो–नाकाबन्दीबाट शान्ति स्थापना नभएर थप हिंसा र अशान्ति बढ्छ



पहिलोपोस्ट

उत्तर कोरियाले भन्यो–नाकाबन्दीबाट शान्ति स्थापना नभएर थप हिंसा र अशान्ति बढ्छ

सोल :  उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्को नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ। 

अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीलाई निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको छ। 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा पहिले नै दिएर गत बिहीबार त्यसमा मतदान गरिएको थियो। 

यस्तो नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै धावा बोलेको र यस्ता नाकाबन्दीले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने नभई उल्टै युद्धका लागि प्रेरित गर्ने दावी उत्तर कोरियाको छ। 

उत्तर कोरियाली विदेश मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी नाकाबन्दीबाट शान्ति स्थापनामा नभएर थप हिंसा र अशान्तिका लागि काम हुने जनाएको छ। 

यो पछिल्लो नाकाबन्दीबाट विशेषगरी प्रशोधित तेलको ९० प्रतिशत निर्यात र आयातमा प्रतिबन्ध लगाएको छ। त्यसैगरी अन्य आर्थिक विषयमा पनि उसलाई अप्ठेरो पर्नेगरी नाकाबन्दी लगाउनेगरी तयारी गरिएको जनाइएको छ। 

यो पछिल्लो नाकाबन्दी उत्तर कोरियामाथि लगाइएको यस वर्षको तेस्रो चरणको नाकाबन्दी हो। यसअघि पनि करिब पाँच हप्तामात्र अघि उत्तर कोरियाविरुद्ध अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको अर्थतन्त्रलाई नै तहसनहस पार्नेगरी नाकाबन्दी गरेको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell