काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित दुई कर्मचारीलाई पक्राउ गरेको छ।
आयोगको टोलीले बागमती यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नायब सुव्वा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई पक्राउ गरेको हो।
उनीहरुले सेवाग्रहीबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्वन्धि काम गरिदिने भन्दै ३२ हजार रुपैयाँ घुस लिइरहेका बेला पक्राउ गरेको हो।