PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कालीकोट घटनाको अनुसन्धान भइरहेको छः प्रहरी प्रवक्ता



पहिलोपोस्ट

कालीकोट घटनाको अनुसन्धान भइरहेको छः प्रहरी प्रवक्ता

काठमाडौं :  नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले कालीकोटमा म्यादी प्रहरी मारिएको घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

रिपोर्टर्स क्लबमा प्रवक्ता न्यौपानेले विदाई कार्यक्रम सकिएपछि घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धानका लागि समिति बनाएको जानकारी दिए। न्यौपानेले सेवा सुविधा नपाएकै कारणले म्यादी प्रहरीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए।

म्यादी प्रहरीलाई बैँक खाता खोल्न लगाएर सबै सेवा सुविधाको रकम बैँकमार्फत दिइएको भन्दै न्यौपानेले अहिलेसम्म सबै म्यादी प्रहरीको बैँक खातामा रकम गइसकेको बताए। प्रहरीले म्यादीलाई पैसा दिएन वा थोरै पैसा दियो भन्ने सुनिए पनि त्यो सबै झुटो भएको उनको भनाई थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell