PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चीनमा बन्यो जमीन र पानी दुवैमा उत्रिने संसारकै ठूलो जहाज, परीक्षण सफल



पहिलोपोस्ट

चीनमा बन्यो जमीन र पानी दुवैमा उत्रिने संसारकै ठूलो जहाज, परीक्षण सफल

जमीन र पानी दुवैमा अवतरण गर्न सक्ने क्षमताको संसारकै सबैभन्दा ठूलो विमान निर्माण गरेको चीनले त्यसको सफल उडान परीक्षण पनि गरेको छ। यसलाई बोइङ ७३७ को नाम एजी ६०० दिइएको छ। 

उक्त जहाजले ग्वाङडोङ राज्यको जुहाइ विमानस्थलबाट पहिलो पटक उडान भरेको थियो। जहाज उडानको बेला सेनाको धुन बज्नुका साथै चिनियाँ झण्डा फहराइएको थियो।

उडान अवधि एक घन्टाको रहेको बीबीसीले जनाएको छ। समुद्रमासमेत गुड्ने जहाजमा  ५० जना मानिस अट्ने क्षमताको रहेको छ भने १२ घण्टासम्म उडिरहन सक्छ। 

आगलागी नियन्त्रण, समुद्री विपद्का बेला उद्दारका लागि तयार पारिएको उक्त जहाज सैनिक गतिविधिका लागिसमेत उपयोगी हुने छ। जहाज निर्माण ८ वर्षअघिबाट थालिएको थियो। चीनले यस्ता १७ वटा जहाज बनाउन अर्डर गरिसकेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell