PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

नसुल्टेको प्रश्न : मार्समेलो बस्ने भन्दै बुक गरिएको रुममा को थियो?



सविन ढकाल

नसुल्टेको प्रश्न : मार्समेलो बस्ने भन्दै बुक गरिएको रुममा को थियो?

काठमाडौं : संसारभर चर्चित अमेरिकन डिजे मार्समेलो केही समयदेखि नेपालीबीच पनि चर्चामा छन्। उनलाई नचिन्ने नेपालीले पनि उनीबारे बुझ्ने मौका पाए - पुस ५ गते क्लब डेजाभुमा तोडफोड भएपछि। मार्समेलो चर्चा चुलिरहँदा ८ जना नेपाली प्रहरी हिरासतमा रात काटिरहेका छन्। 
क्रिकेट खेलाडी पृथु बास्कोटासहित राजु महर्जन, रितेश मारबाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने लगायतका रहेको महानगरीय प्रहरी परिसरमा छन्। तर, कार्यक्रमा आयोजना गर्ने मुख्य व्यक्ति रविन गुरुङ भने अझै फरार रहेका छन्। गुरुङ हङकङमा रहेकाले अनुसन्धान प्रभावित भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कार्यक्रमम आयोजनक रितेश मारवाडी र राजिव महर्जनले बयानमा आफुहरु मुख्य आयोजक नभएको भन्दै बयान दिन आनाकानी गरेका छन्। उनीहरुको भनाइ अनुसार रविनले नै मार्सेमेलो ल्याउनेदेखि टिकटको व्यवस्थापन गरेका थिए।

आयोजकले मार्समेलो कार्यक्रममा सहभागी हुन ३ हजार देखि ७ हजार रुपैयाँसम्मको टिकट बिक्री गरेका थिए। हङकङमा रहेका रविनले नै टिकट दर फिक्स गरेको र टिकट उतैबाट पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

कार्यक्रमम गर्ने केही घन्टाको लागि ३ लाख रुपैयाँमा क्लब भाडामा लिएको रितेशले प्रहरीमा बयान दिएका छन्। उनीहरुले आफूहरुलाई आयोजक र पृथु लगायतले आफूहरुले क्लब भाडामा दिएको दावी गरिरहे पनि  उनीहरु सँगै काम गर्ने गरेको खुलेको छ। डेजभु संचालक र आयोगकको संयुक्त बैंक एकाउन्टबाट केही समयदेखि कारोबार हुने गरेको खुलेको हो।

मार्समेलोले आफू अस्वस्थ भएको भन्दै कार्यक्रममा सहभागी जनाएका थिएनन्। उनले टुइट गर्दै कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै माफी मागेका थिए। आयोजकले भने मार्समेलो काठमाडौंको द्वारिकाज होटेलमा बसेको जानकारी दिएका थिए। प्रहरी अनुसन्धानमा मार्समेलो नेपाल आएको वा नआएको कुनै खुल्न सकेको छैन।

कार्यक्रम हुने दिन मार्समेलो बस्ने भन्दै द्वारिकाज होटेलको कोठा बुक भएको देखिएको छ। अनुसन्धानमा खटिएका एक प्रहरीले भने, 'होटेलमा कोठा बुक भएको र तीन जना युवा आएर बसको पनि देखियो। होटेलले हामीलाई दिएको जानकारी अनुसार कसैले मास्क लगाएका थिएनन्।'
मार्समेलोको परिचय अज्ञात छ। उनी सार्वजनिक रुपमा सँधै अनुहार लुक्ने गरी हेल्मेट लगाएर देखिने गर्छन्। प्रहरीले पक्राउ गरेका ८ जना विरुद्ध ठगी अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिररहको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell