PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नेविसंघको विवाद समाधान गर्न शीर्ष नेतृत्वलाई ज्ञापनपत्र



पहिलोपोस्ट

नेविसंघको विवाद समाधान गर्न शीर्ष नेतृत्वलाई ज्ञापनपत्र

काठमाडौँ :  नेपाल विद्यार्थी संघका नेताहरुले कांग्रेस निर्माणका लागि बलियो नेविसंघको आवश्यकता रहेको भन्दै नेपाली सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। 

नेपाल विद्यार्थी संघका उपाध्यक्ष उर्मिला थपलियाको नेतृत्वमा बालुवाटार गएको टोलीले आज सभापति देउवालाई भेटेर वर्तमान नेतृत्वले विधिविधानविपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको हो। 

नेविसंघमा विवाद रहेको ११ जिल्लाको अधिवेशन अहिलेसम्म नगरेको, निर्वाचन हारेका व्यक्तिलाई मनोनित गरेको, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेविसंघलाई सशक्तरुपमा परिचालन गर्न नसकेको, नेविसंघको १२औँ महाधिवेशनको तयारी नगरेको, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अरु दलका विद्यार्थीको मुद्दा बोकेको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्। 

भेटपछि सभापति देउवाले वर्तमान नेतृत्वलाई बोलाएर छलफल गर्ने, चाँडो विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी नेविसंघ नेता दीपक भट्टराईले जानकारी दिए। 

टोलीले आजै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालालाई भेटेर नेविसंघभित्र देखिएको विवाद मिलाउन आग्रह गरेका थिए । उनीहरुले एक हप्ताभित्र आफूहरुले राखेका माग पूरा नभए समानान्तर समिति गठन गर्ने बताएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell