PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

इपीएलमा आज दुई महत्वपूर्ण खेल हुँदै, दबाबमा काठमाडौं किंग्स-११



पहिलोपोस्ट

इपीएलमा आज दुई महत्वपूर्ण खेल हुँदै, दबाबमा काठमाडौं किंग्स-११

काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल मा आज दुई खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच पहिलो खेल हुनेछ।

विराटनगर यसअघि नै लगातार र खेल जित्दै प्लेअफमा पुगिसकेको छ। तर काठमाडौं किंग्सको लागि भने यो खेल निकै महत्वपूर्ण छ। विराटनगर विरुद्धको जितले काठमाडौंको लेअफ सम्भावना कायम रहन्छ भने हारले लिग चरणबाट बाहिरिने खतारा बढ्छ। काठमाडौंले अहिलेसम्म खेलेका चार मध्ये १खेल मात्र जितेको छ।

यस्तै दोस्रो खेल पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सबीच हुनेछ। यस खेलको विजेता प्लेअफमा पुग्नेछ।

पोखरा र भैरहवाले समान ३ खेल खेल्दै ४-४ अंक जोडेका छन्।

सबैभन्दा निर्णायक मानिएको भैरहवा र चितवन तथा ललितपुर र पोखराबीचको अन्तिम लिग खेल मंगलबार हुनेछ।

यी दुई खेलपछि इपीएलको प्लेअफ पुग्ने बाँकी ३ टिमको टुङ्गो लाग्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell