PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

हात्तीले टावर ढालेपछि तीन दिनदेखि विद्युत आपूर्ति बन्द



पहिलोपोस्ट

हात्तीले टावर ढालेपछि तीन दिनदेखि विद्युत आपूर्ति बन्द

नेपालगन्जः बाँके राष्ट्रिय निकुञ्जका हात्तीको समूहले समशेरगन्जस्थित विद्युत प्रसारणको टावर ढालेपछि  तीन दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ। टावर ढालेपछि बाँकेदेखि पश्चिमका १६ जिल्लामा आपूर्ति अवरुद्ध भएको हो।

हात्तीको आक्रमणबाट ४८५ नम्बरको टावर क्षतिग्रस्त भएको छ। विद्युत प्रवाह हु्ने १३२ केभीका सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरबाट आपूर्ति भएको छैन।

आपूर्तिमा अवरोध हुँदा दैनिक ७ घण्टा लोडसेडिङ भइरहेको नेपाल विद्युत प्राधिकरण नेपालगञ्जका प्रमुख उमेश कुमार झाले बताए।

झाका अनुसार आपूर्ति समस्याको असर नेपालगन्जमा समेत परेको छ। राष्ट्रिय प्रसारणबाट पश्चिममा खपत हुने ३० मेघावाट विद्युत बन्द भएको हो।

टनकपुर ससबस्टेशन भएर भारतबाट आयात हुने विद्युतमात्र अहिले वितरण भइरहेको छ। मागभन्दा १५ मेगावाट कम आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell