PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अलैँचीको मूल्य अब मोबाइल एसएमएसमा



पहिलोपोस्ट

अलैँचीको मूल्य अब मोबाइल एसएमएसमा

मंगलबारे: अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ। अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो।

उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन्। तर यो व्यवस्था धेरै किसानलाई जानकारी नै छैन। मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई IAACH लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ।

अलैँचीको मुख्य कारोबार हुने झापाको बिर्तामोडमा प्रचलित बजार मूल्यका बारेमा थाहा पाइने र  IAACH लेखेर ३४००१ पठाएमा इलाममा रहेको प्रचलित मूल्य थाहा पाउने प्रावधान रहेको अलैँची विकास केन्द्रका वरिष्ठ प्राविधिक अञ्जनीकुमार न्यौपानेले बताए।

किसानले थाहा पाउन बजारै गएर बुझ्नुपर्ने झन्झटबाट मुक्त भइने र बेला बखतमा आफूहरु निक्कै ठगिएको महसुस हुने गरे पनि यस समस्याको केही हदसम्म समाधान भएको रोङ गाउँपालिका– ६ रम्भ्याङ्गका किसान श्याम आचार्यको भनाइ रहेको छ।

तथापि अलैँची व्यवसायी महासंघले गरेको मूल्य जानकारीको प्रावधान किसानको हितमा नै रहेको किसानको भनाइ रहेको छ। बजारमा पनि अलैँचीको मूल्य व्यापारीले आफूखुशी तोक्ने गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell