PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

कांग्रेस सुधारका लागि देउवालाई दबाव दिन्छुः प्रकाशमान सिंह



पहिलोपोस्ट

कांग्रेस सुधारका लागि देउवालाई दबाव दिन्छुः प्रकाशमान सिंह

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सुधारका लागि सभापति शेरबहादुर देउवालाई आवश्यक दबाव दिने बताएका छन्। पार्टी सुधारका लागि सुझावहरू आइरहेको भन्दै सुझाव कार्यान्वयनका लागि सभापतिलाई दबाव दिने सिंहले बताएका हुन्।

निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सिंहले भने ‘कांग्रेसका शुभेच्छुकहरूले पार्टीलाई सुधारको आवश्यक्ता छ भनेर सुझाव दिएका छन्। कांग्रेस सुधारका लागि पहल गर्नेछु। त्यसका लागि सभापति शेरबहादुर देउवालाई दबाव दिन्छु।’

पार्टी विधान अनुसार कांग्रेसमा सुधार गर्ने भनेर आफू लागिसकेको नेता सिंहले बताएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई समानुपातिकमा पाएको मतले कांग्रेसप्रतिको जनताको मोह नघटेको उनको भनाई छ। निर्वाचन प्रचारका क्रममा जिउँदो कांग्रेसलाई नेताहरूले मृत्त बनाएको आरोप लागेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell