PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रचण्ड भन्छन्–प्रदेश नं २ को ठोरी चितवनमा गाभिन्छ



राजेन्द्र आचार्य

प्रचण्ड भन्छन्–प्रदेश नं २ को ठोरी चितवनमा गाभिन्छ

ठोरी :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्साको ठोरी गाँउपालिकालाई प्रदेश नं. ३ मा गाभिने बताएका छन्।  

ठोरी गाँउपालिकाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रचण्डले ठोरीलाई पहिले नै प्रदेश ३ मा गाभ्ने सहमति भएपनि मधेश आन्दोलनका कारण रोकिएको वताए। 

ठोरीका जनताले पटक पटक प्रचण्डसहित विभिन्न दलका नेताहरुलाई भेटी ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका थिए। 

उनले नयाँ बन्ने सरकारको पहिलो प्रथामिकतामा ठोरी रहने बताए। ठोरी गाँउपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागि सहज भएको प्रचण्डको भनाई छ।

प्रचण्डले ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने वताए। उनले भने,‘ त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ,यो निकै छोटो र उत्कृष्ट मार्ग बन्ने छ।’

चुनावको विजय जुलुसका लागि केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगगले ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको प्रचण्डको दावी छ। उनले ठोरी नाकालाई थप व्यवस्थित गर्नेसमेत प्रतिवद्धता जनाए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell