काठमाडौं: फिल्म 'ह्याप्पी डेज'को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा विदेश (बेलायत) मोह र प्रेम केन्द्रमा छ। सोमबार युट्युब रिलिज गीतले फिल्मको कथाको थिम भन्छ।
निर्माता एवं निर्देशक मिलन चाम्सका अनुसार फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ।
फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, दिया पुन, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनय रहेको छ।
बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ।