PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

मतपरिणामलाई सहज र स्वाभाविक रुपमा लिएको छु : नारायणकाजी



पहिलोपोस्ट

मतपरिणामलाई सहज र स्वाभाविक रुपमा लिएको छु : नारायणकाजी

गोरखा : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा देशभर वामपन्थीलाई प्राप्त जनादेश पार्टी एकताको पक्षमा रहेको बताएका छन् । 

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले जनताले मत दिएर एकताको सन्देश दिएको बताए । उनले भने,‘निर्वाचनमा वाम गठबन्धनलाई प्राप्त जनादेशभित्र वाम आदेश पनि छ। पार्टी एकताको वाम आदेश। पार्टी एकतालाई छिटोभन्दा छिटो घोषणा गर्ने र एकीकृत पार्टी बन्ने प्रतिबद्धता हाम्रो छ।’ 

सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता भएमा राम्रो हुने भन्दै श्रेष्ठले एकीकृत पार्टीले सञ्चालन गरेको सरकार स्थिर हुने र समृद्धिका लागि काम गर्न सकिने बताए। 

श्रेष्ठले गोरखा क्षेत्र नं २ मा जनताको चयनमा यसपटक माओवादी नपरेको भन्दै मतपरिणामलाई सहज र स्वाभाविक रुपमा लिएको बताए। चुनाव हारे पनि ‘समृद्ध गोरखा र खुसी गोरखाली अभियान’ जारी रहने उनको भनाइ थियो । 

कुनै पनि ढंगले जनताको जनादेशलाई अपमानित गर्ने, उपेक्षा गर्ने, सरकार गठन गर्ने प्रक्रियालाई अवरुद्ध गर्न नहुनेमा सचेत गराउँदै नेता श्रेष्ठले वामपन्थीलाई देशभरबाट प्राप्त जनादेश, जनमत भनेको पार्टी एकता गर्नुपर्छ भन्ने रहेको स्पष्ट पारे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell