PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

'नेपाल फेसन आइडल २०१७'को उपाधी रुस्मिता र सुशान्तलाई



पहिलोपोस्ट

'नेपाल फेसन आइडल २०१७'को उपाधी रुस्मिता र सुशान्तलाई

काठमाडौं: 'नेपाल फेसन आइडल २०१७'को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन्। महिला र पुरुष विधाका दुई विजेतालाई आयोजक संस्था रसलाइट मिडियाले ट्रफी, प्रमाणपत्र साथै एक–एक लाख नगद पुरस्कार प्रदान गर्‍यो।

रुस्मिता शाहीले उपाधीको साथमा उत्कृष्ट फिगर र  उत्कृष्ट वाकको उपाधी पनि जितिन् भने शुसान्तले शीर्ष उपाधीसँगै उत्कृष्ट फिजिक्सको उपाधी जितेका छन्।

महिलातर्फ टिछिरिङ शेर्पाले फस्ट रनर्सअपका साथमा बेस्ट प्रर्फमेन्स र सुप्रिना शाक्यले सेकेण्ड रनर्सअपका साथमा म्यानेजमेन्ट च्वाइस अवार्ड पाए। पुरुषतर्फ अंकित मानन्धरले फस्ट रनर्सअप र मस्ट कन्फिडेन्टको उपाधी जिते भने समिप्य श्रेष्ठले सेकेण्ड रनर्सअपका साथमा बेस्ट स्टाइलिसको उपाधी जितेका छन्।

सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell