PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

५ हजारको ट्रायल लिँदा ४ सयमात्रै छपार्इ! कहिले पर्ला अढाई लाख चालकको हातमा स्मार्ट लाइसेन्स?



दिनेश खड्का

५ हजारको ट्रायल लिँदा ४ सयमात्रै छपार्इ! कहिले पर्ला अढाई लाख चालकको हातमा स्मार्ट लाइसेन्स?

काठमाडौं :  देशभरबाट परम्परागत लार्इसेन्स हटाएर स्मार्ट लार्इसेन्स कार्यान्वयनमा आएपनि चालकहरुले स्मार्ट लाइसेन्स पाउन लामै  प्रतिक्षा गरिरहेका छन्। साढे दुर्इलाख सवारीसाधनका चालकले ट्रायलपास गरी प्रक्रिया पूरा गरेपनि  स्मार्ट लार्इसेन्स हात पार्न सकेका छैनन्।

 अहिले यातायात व्यवस्था विभागमा ४ वटा स्मार्ट कार्ड छाप्ने मेसिन छन् जसमा एउटा मेसिन पूर्ण रुपले विग्रिएको  छ भने भएका तीनवटा मेसिनले पनि राम्रोसँग काम गर्न सकेका छैनन्।

 यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार स्मार्ट लार्इसेन्स छाप्न आवश्यक कार्डको नै अभाव छ।  स्मार्ट लार्इसेन्स वितरण थालेदेखि  नै अभाव भएकाले यस्तो समस्या देखिएको  पाण्डेले बताए। स्मार्ट लार्इसेन्स कार्यान्वयनमा ल्याउनु अघि आवश्यक पूरा तयारी नहुँदा यस्तो समस्या देखिएको उनको भनार्इ छ।

दिनमा  ५ हजारले ट्रायलको प्रक्रिया पूरा गर्छन् तर विभागले मुस्किलले ३र४ सय मात्रै स्मार्ट लार्इसेन्स छाप्ने गरेको छ। देशैभरिबाट स्मार्ट लाइसेन्स वितरण  हुने गरेको भएपनि स्मार्ट लाइसेन्सको छपार्इ यातायात व्यवस्था विभागको मीनभवनस्थित कार्यालयमा मात्रै हुनुले पनि थप समस्या भएको देखिन्छ।

स्मार्ट लाइसेन्स बितरणमा समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ आइतबार विभाग पुगिन्।  उनले तत्कालै लाइसेन्सको समस्या समाधान गर्न निर्देशनसमेत दिइन्।

सरकारको काम जनतालार्इ सर्वसुलभ सेवा दिने हो सास्ती  दिने होर्इन भन्दै राज्यमन्त्री गुरुङले लार्इसेन्स समस्या समाधानका लागि फास्ट ट्रयाकमा काम गर्न निर्देशन दिइन्।  उनले आवश्यक परे नाइट सिफ्टमा समेत काम गरेर भएपनि लार्इसेन्स वितरण प्रभावकारी बनाउन भनेकी थिइन्।

तर यहि गतिमा काम भइरहे स्मार्ट लार्इसेन्सको समस्या पूर्ण रुपमा निवारण गर्न   झण्डै वर्ष दिन लाग्ने यातायात व्यवस्था विभागका एक उच्च अधिकारीले बताएका छन्।

अधिकारीले विभाग सेन्सेटिभ भएर सकेसम्म छिट्टै स्मार्ट कार्ड दिने गरी काम गरेपनि कम्तीमा एक बर्ष लाग्ने दावी दावी गरे।  

गत साउन १ गते बाट यातायात व्यवस्था विभागले  देशभरिका सबै यातायात कार्यालयहरुलार्इ परम्परागत हस्त लिखित लार्इसेन्स खारेज गरि स्मार्ट लार्इसेन्स कार्यान्वयन गर्न लिखित आदेश दिएको थियो।

परम्परागत लार्इसेन्स खारेज भएपनि स्मार्ट लार्इसेन्स पुर्ण रुपमा कार्यान्वयनमा त आयो तर ट्रायल पास गरिसके पछि लार्इसेन्स लिन लामो समय कुनुपर्ने सास्तीको अन्त्य भने हुन सकेन।

 

२ महिनामा लार्इसेन्सको समस्या पूर्ण रुपले समाधान हुन्छ : विभाग 

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले दुर्इ महिनामा स्मार्ट लार्इसेन्सको समस्या हट्ने दाबी गरे। उनले भारतीय कम्पनी मद्रास प्रिन्टर्ससंग साढे सात लाख कार्ड १ महिनाभित्रमा  विभागलार्इ उपलब्ध गराउने सम्झौता भएकाले ढिलोमा दुर्इ महिनामा यो समस्या समाधान हुने बताए।

महानिर्देशक भट्टरार्इले कार्ड आउने बित्तिकै सबै कार्यालयमा तत्कालै पठाएर समस्या समाधान गरिने जानकारी दिए। आम नागरिक सर्वसुलभ सेवा एग्रेसिभ भएर काम गरिहेको उनको भनार्इ छ।

उनले तत्कालकालागि साढे सात लाख कार्ड मगाएको तर आगामी वर्ष २० लाखका लागि टेण्डर गर्ने योजना बनाएको बताए। यसका लागि छिट्टै ग्वोबल टेण्डर हुने जानकारी दिए। सस्तो र गुणस्तरीय कार्ड उपलब्ध गराउने कम्पनीलार्इ उक्त टेण्डर दिर्इने उनको भनाइ छ।

विभागले अहिलेसम्म करिब ६ लाख सवारी चालकलार्इ स्मार्ट लार्इसेन्स वितरण गरिसकेको छ भने यो वर्ष थप  साढे सात लाख सवारीचालकलार्इ स्मार्ट लार्इसेन्स वितरण गर्ने तयारी भएको विभागले जनाएको  छ।

त्यसैगरी विभागले परिचय खुल्ने फोटो सहितको कार्ड र ट्रायल पास गरेपछि विभागले दिने चिट(रसिद)संगै लिएर हिँडे कारवाही नहुने बताएको छ। परिचयपत्र र रसिद लिएर हिडेका सवारीचालकलार्इ कारवाही नगर्न  ट्राफिक प्रहरीलार्इ निर्देशन दिएको यातायात व्यवस्था विभागले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell