PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

काठमाडौंका मेयरले भने–पुरातत्वको डिजाइनअनुसार रानीपोखरी पुन : निर्माण भइरहेको छ, विवाद नगर्नुस्



पहिलोपोस्ट

काठमाडौंका मेयरले भने–पुरातत्वको डिजाइनअनुसार रानीपोखरी पुन : निर्माण भइरहेको छ, विवाद नगर्नुस्

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको बताएका छन्। 

पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला मेयर शाक्ले भने पुरातत्वको विभागको डिजाइनअनुसार नै काम अघि बढेको बताएका हुन्।

शाक्यले भने,‘सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउनुस्।’उनले रानीपोखरी पुनःनिर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जतिसक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए। 

‘पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो’, मेयर शाक्यले भने,‘यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु।’

‘रानीपोखरीमा वाटर फाउण्टेन राख्छौँ। यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौं’, उनले भने,‘सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ।’ 

विसं २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell