PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मध्यमाञ्चल र पश्चिमाञ्चल फाइनलमा



पहिलोपोस्ट

मध्यमाञ्चल र पश्चिमाञ्चल फाइनलमा

काठमाडौं : मध्यमाञ्चल र पश्चिमाञ्चल राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टमा सोमबार फाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोमा भएको खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई २–० तथा पश्चिमाञ्चलले नेपाल प्रहरी क्लबलाई २–१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरे। उक्त स्पर्धाको फाइनल मंगलबार हुनेछ।

प्रतियोगितामा ३ विकास क्षेत्र (मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल) तथा १ विभागीय टोली (प्रहरी) का ४४ खेलाडी सहभागी छन्। त्यसमा ३२ पुरुष र १२ महिला छन्। शनिबारसम्म चल्ने प्रतियोगितामा पुरुष-महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

राखेप च्याम्पियनसिपको राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार औपचारिक उद्घाटन गरेपछि पहिलो प्रतियोगिताका रुपमा स्क्वास भएको हो। च्याम्पियनसिपमा विभिन्न २९ खेल समावेश छन्। औपचारिक उद्घाटनअघि मौसम र प्राविधिक कारणले पौडी, ट्रायथलन, कराते र लनटेनिसको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell