PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

स्याङ्जामा कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेको उपचार काठमाडौंमा हुँदै 



पहिलोपोस्ट

स्याङ्जामा कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेको उपचार काठमाडौंमा हुँदै 

पोखरा :  नेपाली कांग्रेस स्याङ्जाको समीक्षा बैठकमा कुटाकुट भएको छ। स्याङ्जाको वालिङमा सोमबार भएको कांग्रेसको समीक्षा बैठकमा कुटाकुट भएको हो। बैठक चलिरहँदा अन्तर्घात भएको भन्ने विवाद चुलिएर हात हालाहाल हुँदा ३ जना घाइते भएका छन्।

घाइते हुनेमा कमल ढकाल, भेषराज अर्याल र सुशील काफ्ले रहेका छन्। तीन जना मध्ये काफ्लेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ भने गम्भीर घाईते अर्याल र ढकालको काठमाडौंको बयोधा अस्पतालमा उपचार भईरहेको छ। 

जिल्लामा कांग्रेसले नराम्रोसँग पराजय भोगेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो। आरोप प्रत्यारोपका क्रममा सभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगेरेको आरोप लगाएपछि चर्किएको विवाद हात हालाहालसम्म पुगेको हो।

स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell