PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा सुधार



पहिलोपोस्ट

डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा सुधार

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन्। 

पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा देवकोटालाई सोमबार अपराह्न टेलिफोन गरी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

डा देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिएका बताइएको छ। अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी थिइन्। 

नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डा देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको छ। पूर्वमन्त्री डा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell