PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

काठमाडौंको मैतीदेवीमा बस दुर्घटना: १७ जना घाइते, चारको अवस्था गम्भीर



पहिलोपोस्ट

काठमाडौंको मैतीदेवीमा बस दुर्घटना: १७ जना घाइते, चारको अवस्था गम्भीर
तस्बिर: बिमलमान राजभण्डारीको फेसबुकबाट

काठमाडौँ: काठमाडौंको मैतीदेवीस्थित सेतोपुलमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मंगलबार बिहान सवा ३ बजे पुरानो बानेश्वरबाट मैतीदेवीतर्फ आउँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस बिजुलीको पोलमा ठोक्किएर सडकमै पल्टिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

घाइते भएका ८ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेके छ। यस्तै ९ जनाको वीर अस्पतालमा उपचार भइरहेके छ। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell