PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र भयो : गिरिराजमणि पोखरेल



पहिलोपोस्ट

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र भयो : गिरिराजमणि पोखरेल

विराटनगर : बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताएका छन्। 

प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा पोखरेलले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारे। 

वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको भन्दै पोखरेलले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने बताए।
निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिक आधारमा राजीनामा दिनुपर्ने उनले बताए। 

पोखरेलले प्रमुख राजनीतिक दलहरु मिलेर राष्ट्रियसभा अध्यादेशको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell