PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कहाँ छन् ‘चोर गाउँ’का टायर चोर्ने चन्द्रबहादुर ?



पहिलोपोस्ट

कहाँ छन् ‘चोर गाउँ’का टायर चोर्ने चन्द्रबहादुर ?

काठमाडौ :  देशको केन्द्रीय प्रशासन कार्यालयहरु रहेको सिंहदरबारबाट गाडीको चार वटा टायर चोरेर फरार भएका सिन्धुपाल्चोक भोटेचौरका चन्द्रबहादुर मोक्तान अझै पक्राउ परेका छैनन्। 

महानगरीय प्रहरी बृत सिहंदरबारले टोली नै बनाएर खोजी गरेपनि मोक्तान पत्ता लागेका छैनन्।प्रहरीले मोक्तानको गाउँ भोटेचौर पुगेर खोजी गर्दा उनी लामो समयदेखि गाउँ नगएको खुलेको छ।

मोक्तानको गतिविधि पहिलेदेखि नै शंकास्पद र चोरीमा जोडिएकाले गाउँकै नाम ‘चोर गाउँ’ राखिएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

टोली नै बनाएर मोक्तानको खोजी गरिरहेपनि पत्ता नलागेको बृतका प्रहरी निरीक्षक भोजबहादुर पाण्डेले बताए। उनी बस्दै आएको काठमाडौं कालिमाटीको डेराबाट अन्यत्रै सरेको खुलेको छ।

मोक्तानले स्थानीय विकास मन्त्रालयका उपसचिव बलदेश जोशी चढ्ने बा २ झ २९२७ नम्बरको जिपका चारैवटा टायर चारेका थिए।

ललितपुरको युएन पार्क  नजिकै रहेको भैरव टायर मर्मत सेन्टरमा लगेर उनले एउटा टायरको ३० देखि ५० हजार रुपैयाँमा विक्रि गर्न छोडेका थिए। मर्मत सेन्टरका संचालकलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell