PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

सय करोड क्लबमा प्रवेश गर्ने सलमानको १२ ‍औं फिल्म



पहिलोपोस्ट

सय करोड क्लबमा प्रवेश गर्ने सलमानको १२ ‍औं फिल्म

शुक्रबार रिलिज फिल्म 'टाइगर जिन्दा हे'ले सन् २०१७ मा बलिउडमा हुन नसकेको धमाका मच्चायो। फिल्म रिलिज भएको तीन दिनमा नै सय करोडमाथिको ग्रस कलेक्सन गरेको हो। फिल्मले तेस्रो दिन आइतबार मात्रै ४५ करोडभन्दा बढी कमाइ गर्‍यो। जसलाई बलिउड समीक्षकले तेस्रो दिन भएको सर्वाधिक कमाइ भनेका छन्। समीक्षकहरुले फिल्मलाई क्रिसमस बिदाले व्यवसायिक साथ दिएको जनाएका छन्।

सलमान खानको १०० करोड क्लबमा प्रवेश गर्ने फिल्महरुको सूचीमा टाइगर जिन्दा हे १२ औं नम्बरमा रहेको छ। उनको दुई फिल्म 'बजरङ्गी भाइजान' र 'सुल्तान'ले ३०० करोडमाथिको व्यवसाय गरेका छन्।

फिल्मले इन्डियामा मात्र शुक्रबार ३३ करोड ७५ लाख, शनिबार ३५ करोड ३० लाख र आइतबार ४५ करोड ५३ लाखको ग्रस कलेक्सन गर्‍यो। बजरङ्गी भाइजानले तीन दिनमा १०२ करोड ६० लाख कमाएको थियो। त्यस्तै प्रेम रतन धन पायो र सुल्तानले क्रमश: १०१ करोड ४७ लाख र १०५ करोड ५३ लाख कमाइ गरेको थियो। यसअर्थमा सलमानले आफ्नै फिल्महरुको तीन दिने कमाइको रेकर्ड ब्रेक गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell