PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

ओलीजीसँग छलफल गरेर नै चितवन आएको हुँ : प्रचण्ड



पहिलोपोस्ट

ओलीजीसँग छलफल गरेर नै चितवन आएको हुँ : प्रचण्ड

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन्।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताए। 

प्रचण्डले भने, ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको हुँ तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएका छन्। यसमा द्विविधा नहुनुहोस्। अब पार्टी एकता हुन्छ।’

दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उनले स्पष्ट पारे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell