PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'बिते कति रात'मा प्रहरी निरिक्षक भोजराज पाण्डेको शब्द



पहिलोपोस्ट

'बिते कति रात'मा प्रहरी निरिक्षक भोजराज पाण्डेको शब्द

काठमाडौः नेपाल प्रहरीमा कार्यरत इन्सपेक्टर भोजराज पाण्डेले अब गीतकार पनि भएका छन्। उनले पहिलोपटक 'बिते कति रात' बोलको गीतमा शब्द दिएका हुन्। गीतलाई प्रियसी म्युजिकले बजारमा ल्याएको हो।

पाण्डेको शब्द रहेको गीतमा गायिका मेलिना राईले स्वर दिएकी छिन् भने संगीत नविन श्रेष्ठको रहेको छ।

गीतकार भोजराज पाण्डेका अनुसार पश्चिम नेपालको पहाडी जिल्लाहरुमा बोलिने मौलिक भाषालाई गीतमा प्रस्तुत गरिएको छ। भने,'पेशागत जिम्मेवारीसँगै गीत संगीतप्रतिको रुचीलाई पनि निरन्तरता दिने प्रयास गरेको हुँ।' उनले गीतको भिडियो केही सातामा नै सार्वजनिक हुने बताए।  

प्रहरी निरिक्षक पाण्डे अहिले महानगरी प्रहरी वृत्त सिंहदरवारमा कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell