PahiloPost

Sep 4, 2025 | १९ भदौ २०८२

निर्वाचन बहिस्कार गर्न रुसी विपक्षी नेता नभाल्नीको अपिल



पहिलोपोस्ट

निर्वाचन बहिस्कार गर्न रुसी विपक्षी नेता नभाल्नीको अपिल
फोटो श्रोतः theguardian.com

मस्को :  रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गरेका छन्। 

निर्वाचन आयोगले उनलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ। आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा चुनावमा उठ्न वञ्चित गरेपछि उनले अरुलाई पनि निर्वाचन बहिष्कार गर्न अपिल गरेका हुन्। 

उनले प्रमुख विपक्षी विनाको चुनावको वैधानिकता पनि नहुने बताएका छन्। त्यसैले उनले मतदाताहरुलाई पनि अवैध निर्वाचनको विरोध जनाउन आह्वान पनि गरेका छन्। 

रुसको निर्वाचन आयोगले नभाल्नीलाई फौजदारी अभियोगमा दोषी ठहराइएको भन्दै राष्ट्रपतिको उम्मेदवार बन्न पनि अयोग्य ठहराएको जानकारी हालैमात्र दिएको थियो। 

रुसमा पुनः राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपतीय निर्वाचनमा उठ्न लागेका छन्। उनी यस पटक चौथो कार्यकालका लागि राष्ट्रपतिमा उठ्न लागेका छन्। 

नभाल्नीलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रुपमा हेरिएको थियो। उनलाई केही समयअघि लगाइएको भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भनेर रुसको निर्वाचन आयोगले चुनावमा उठ्न नपाउने निर्णय गरेको थियो। 

तर त्यो आरोपको उनले खण्डन गर्दै आएका छन्। उनले निर्वाचन आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रुपमा प्रेरित भएको र त्यो सबै राष्ट्रपति पुटिनको निर्देशनमा भएको बताएका छन्। 

निर्वाचन आयोगको यो निर्णयका विरुद्धमा रुसी नागरिकले विरोध प्रदर्शन गर्ने जानकारी उनले दिएका छन्। उनले यो चुनाव नभई पुटिनका पक्षधरहरुले मात्र भागलिने राजनीतिक कार्यक्रम भएको पनि आरोप लगाए।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell