PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

चितवनको सौराहामा हात्ती महोत्सव सुरु



पहिलोपोस्ट

चितवनको सौराहामा हात्ती महोत्सव सुरु

चितवन :  चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि हात्ती महोत्सवको १४ औं संस्करण सुरु भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको सौराहामा महोत्सवको उद्घाटन गरेका छन्।मंगलबार दिउँसो सौराहाको बाघमारा चौरमा आयोजित सभामा प्रधानमन्त्री देउवाले दीप प्रज्वलन गरी महोत्सव उद्घाटन गरेका हुन्।

‘समाज, संरक्षण र समृद्धि’ नाराका साथ सुरु भएको महोत्सव १५ गते सम्म चल्नेछ। महोत्सवमा हात्ती वनभोज, छावाहरुको फुटबल प्रतियोगिता, हात्तीपोलो खेललगायतका आकर्षक रहने आयोजकले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell