PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

चीनमा लगानी गर्ने युरोप-अमेरिकी व्यवसायीको निधिसँग भेट



पहिलोपोस्ट

चीनमा लगानी गर्ने युरोप-अमेरिकी व्यवसायीको निधिसँग भेट

काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनमा आधारित यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका प्रतिनिधिबीच मंगलबार भेटवार्ता भएको छ। 

चीनमा लगानी गरिरहेका यूरोपियन-अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालसँगको व्यापारका बारेमा कुराकानी गर्नुका साथै नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भाबना रहेकोले त्यसमा सहकार्य गरी अघि बढ्न आफूहरु तयार रहेको बताएका थिए। प्रतिनिधिमण्डलले नेपालमा लगानीको क्षेत्र पहिचान गरी आफूहरु त्यसमा लगानी गर्न समेत तयार रहेको उल्लेख गरेका थिए। 

चिनिया उद्योगी–व्यबसायीसँगको भेटमा पूर्ब उपप्रधान एवं गृहमन्त्री निधिले व्यापार व्यबसायका माध्यमबाटै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउँदै यो प्रकृयामा सरकारी अधिकारीहरुको संलग्नता हुनु पर्नेमा जोड दिए। साथै उनले नेपाल–चीन व्यापारको प्रमुख मार्ग तातोपानी नाका २०७२ को भूकम्पका कारण बन्द भएपछि व्यापार ठप्प भएको भन्दै सो नाका चाँडो खुलाउनका लागि पहल गर्न चिनियाँ उद्योगी–व्यावसायी प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराए। कांग्रेस नेता निधिले आफू सरकारमा भएका बेला नेपाल भ्रमणमा आएका चिनियाँ प्रतिनिधिमण्डलसँग पनि व्यापार बिस्तारका लागि तातोपानी नाका संचालनमा ल्याउन जोड दिएको उल्लेख गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell