PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

सशस्त्र प्रहरीको मुख्यालयमा आगलागीमा संलग्न सशस्त्रकै हवल्दार पक्राउ



सविन ढकाल

सशस्त्र प्रहरीको मुख्यालयमा आगलागीमा संलग्न सशस्त्रकै हवल्दार पक्राउ

काठमाडौं :  सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

गृह मन्त्रालयबाट गठित छानविन समितिले मंगलबार हवल्दार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। गत सोमबार राति एक बजे  मुख्यालयको लेखा शाखामा आगलागी भएको थियो। पक्राउ परेका श्रेष्ठले नै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका डिआइजी गणेश केसीले जानकारी दिए। 

उनले भने,‘ अनुसन्धानको क्रममा उनले आगो लगाएको देखिएको छ। किन लगाए भन्ने बिषयमा अनुसन्धान गरिरहेका छौं।’

मुख्यालयको आगलागीकाबारेमा अनुसन्धान गर्न महानगरीय अपराध महाशाखालाई जिम्मेवारी दिइएको थियो। तर केहिदिन अघि मात्र महाशाखालाई अनुसन्धानको जिम्मेवारीबाट हटाइएको थियो।

गृह मन्त्रालयका सहसचिव कृष्ण राउतको नेतृत्वमासमेत आगलागीबारे छानबिन गर्न समिति गठन भएको छ। आगलागीका कारण अख्तियारको छानबिनका क्रममा रहेका महत्वपूर्ण कागजपत्र नष्ट भएका थिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell