PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रचण्डलाई गोपाल किराँतीको प्रश्न : माओवादी विचारले कात्रो बेरेकै हो ?



पहिलोपोस्ट

प्रचण्डलाई गोपाल किराँतीको प्रश्न : माओवादी विचारले कात्रो बेरेकै हो ?

काठमाडौं :   नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै पार्टीले सोच्नुपर्ने १० बुँदे वैचारिक राजनीतिक प्रश्न गरेका छन्।

मंगलबार बसेको भेलाले आठौं महाधिवेशन समूह गठन गर्दै अध्यक्ष प्रचण्डको नाममा पत्र पठाएको नेता किराँतीले जानकारी दिए।

पार्टी एकतापछि स्वतः नेकपा एमालेको बहुमत पुग्ने र माओवादी अल्पमतमा पर्ने उल्लेख गर्दै भेलापछि जारी विज्ञाप्तिमा भनिएको छ, ‘४०/६० को उम्मेद्वार अनुपात संगठनमा पनि लागु हुँदा माओवादी केन्द्रको भागमा आयोजक समिति र महाधिवेशन प्रतिनिधि ४०५ तथा एमालेको भागमा ६०५ हुनेछ । जबकि ५१५ ले नीति र नेतृत्व ठेगान लगाउँछ ।‘

त्यसैले तत्काल महाधिवेशन हुनुपर्ने र महाधिवेशनको निर्देशअनुसार एकता प्रकियामा लाग्नुपर्ने किराँतीको मत रहेको छ।

‘विकसित दुनियाँमा मालेमाको रक्षा, प्रयोग र विकास तथा पहिचान मुद्दा सम्बन्धी यावत प्रश्नहरुको जवाफ महाधिवेशनले निर्माण गर्न पाउनु पर्छ र मालेमावादी वैचारिक–राजनीतिक तथा संगठनात्मक स्वतन्त्रतासहित नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अपरिहार्य आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ।

यता पत्रमा भने प्रचण्डलाई नारायणकाजी श्रेष्ठको ‘प्रतिक्रान्तिको शिक्षासहितको माक्र्सवाद’ रामबहादुर थापा बादलको मालेमावादी बल प्रयोगको सिद्धान्तमा प्रतिबद्धता तथा एकता महाधिवेशनबाट कार्यदिशा संश्लेषण गर्ने तेह्रबुँदे आधारपत्र र  मातृका यादवको आन्तरिक उपनिवेश विरुद्धको लडाई कसरी लड्ने ?  भन्ने विषय सम्झाउदै अन्त्यमा भनिएको छ, ‘के आफ्नो सर्वहारावर्गीय स्वतन्त्रतासहित इतिहासको अर्को चरण माओवादी नै भएर लड्ने विचारले कात्रो बेरेकै हो ?’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell