PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

ओली भन्दा प्रचण्डको नेतृत्वमा सरकार बनेको राम्रो : मनिष सुमन



पहिलोपोस्ट

ओली भन्दा प्रचण्डको नेतृत्वमा सरकार बनेको राम्रो : मनिष सुमन

काठमाडौं :  राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताएका छन् । 

रिपोर्टर्स क्लबमा नेता सुमनले आफूहरुको चाहना अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको बताए। यद्धपी उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकाले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मानगर्नेसमेत बताए।

मुलुकमा कम्युनिष्ट शासनआयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा दवदवा रहने र एकदलीय शासन लागू हुनेप्रति आफूहरुको डर, त्रास र शंका रहेको उनले बताए। ‘यस्तो डर गलत सावितहोस्, त्यसैले म भन्छु यो वाम गठबन्धन टुटोस्।’

उनले राष्ट्रियसभासम्बन्धी गठनको विषयलाई लिएर अहिले भइरहेको विवादबारे टिप्पणी गर्दै भने,‘यो संविधानमा धेरै त्रुटिहरु छन्, यसलाई अभ्यास गर्दै जाँदाअहिले थाहा भैरहेको छ, संविधानजारी गर्ने दलहरुले अहिले यही समस्या भोगिरहेका छन्।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तुलनात्मक रुपमा राम्रो भएकोले उनको नेतृत्वमा सरकार बनोस् भन्ने आफूहरुको चाहना रहेको बताए। 

उनले भने,‘ओलीजी हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन्, भोलिसम्म यो बानी परिवर्तन हुनपनि सक्छ, तर एमाले अछुत छ, उसका नेताहरुले हामीलाई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले के को नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, यसमा प्रचण्ड राम्रा छन्, उनले कम्तिमा संविधान संशोधनको लागिलचकता अपनाए, पहलकदमी लिएका थिए, तर प्रचण्ड तुलनात्मक रुपमा ओलीभन्दा राम्रा छन्।’


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell