PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

प्रधानमन्त्रीले भने–सत्ता हस्तान्तरण गर्न आतुर छु 



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने–सत्ता हस्तान्तरण गर्न आतुर छु 

चितवन :  प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण प्रक्रिया पूरा गरी सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन्। 

चितवनको सौराहामा हात्ती महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले  संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताए। 

निर्वाचनले पार्टीलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन कांंग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको उनको भनाइ थियो।

प्रधानमन्त्रीले भने,‘यो निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सकारात्मक सन्देश प्रवाह भएको छ।’

नेपालको राजनीतिक इतिहासमा भएका महत्वपूर्ण ऐतिहासिक उपलब्धि कांग्रेसले आफ्नै नेतृत्वमा सम्पन्न गरेको भन्दै प्रधानमन्त्रीले त्यही उपलब्धिमध्येको अहिलेको संक्रमणको अन्त्य पनि भएको उल्लेख गरे। 

लोकतन्त्रबाटै विकास हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको भन्दै उनले संविधानलाई संस्थागत गरी अघि बढ्नुपर्ने अबको आवश्यकता रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell