PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, पहिलो दिन विभागीय टोलीको वर्चस्व



पहिलोपोस्ट

राष्ट्रिय भलिबल प्रतियोगिता सुरु, पहिलो दिन विभागीय टोलीको वर्चस्व
पोखरा रंगशालामा मंगलबारदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता। तस्बिर : निमदत्त सुवेदी, पोखरा, रासस

पोखरा : राखेप च्याम्पियनसिप अन्तर्गत २१औं महिला तथा ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता मंगलबारदेखि पोखरामा शुरु भएको छ।

प्रतियोगिताको पुरुषतर्फ लिग खेलमा आर्मी, एपीएफ, पश्चिमाञ्चल र पुलिसले पहिलो दिन सफलता हात पारेका छन्। त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, पश्चिमाञ्चल र पुलिसले विजयी सुरुवात गरेका छन्।

प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा नेपाल आर्मीले पूर्वाञ्चललाई २५–२०, २५–१९ र २५–१४ को सोझो सेटमा हरायो। अर्को विभागीय टिम एपीएफले सुदूरपश्चिमाञ्चललाई २५–१२,२५–१७ र २५–१३ को सोझो सेटमा पराजित गर्‍यव।

पुरुषकै तेश्रो खेलमा नेपाल पुलिसले मध्यापश्चिमाञ्चललाई २५–१६,२५–१७ र २५–१६ को सोझो सेटमा हराउँदा घरेलु टिम पश्चिमाञ्चलले मध्यामञ्चललाई २५–२१,२५–२२ र २५–१६ को सेटमा पराजित गर्‍यो।

पोखरा रंगशालामा भएको महिलातर्फको लिग खेलमा एपीएफले पूर्वाञ्चललाई २५–२,२५–४ र २५–७ ले हराउँदा मध्यामञ्चलले मध्यापश्चिमाञ्चललाई २५–७,२५–११ र २५–१० को सोझो सेटमा हरायो। त्यस्तै पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२,२५–४ र २५–८ को सोझो सेटमा हरायो। पहिलो विभागीय टिम नेपाल पुलिसले कान्छो विभगीय टिम नेपाल आर्मीलाई २५–१३,२७–२५ र २५–६ को सोझो सेटमा हरायो।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले टेक्निकल कमिटिका संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरलाई बल हस्तान्तरण गदै उद्घाटन गरेको थिए।

प्रतियोगिताका दुवै बिजेताले ५० हजार, उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद प्राप्त गर्ने छन्। त्यस्तै महिला तथ पुरुषका उत्कृष्ट खेलाडीले ५ हजर तथा बिधागत उत्कृष्ट हुने खेलाडीले ३ हजार नगद प्राप्त गर्ने छन्।

महिला र पुरुष दुवैमा सहभागि पाँच विकास क्षेत्र र तीन विभागीय टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकाउटका आधारमा प्रतियोगिता संचालन गरिएको टेक्निकल कमिटिका संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरले जनाए। प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell