PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

ह्याप्पी न्यू इयरको 'तिमी नै मेरो' रिलिज



पहिलोपोस्ट

ह्याप्पी न्यू इयरको 'तिमी नै मेरो' रिलिज

काठमाडौं: फिल्म ‘ह्याप्पी न्यू इयर'को गीत ‘तिमी नै मेरो' सार्वजनिक भएको हो। रोमान्टिक  गीत सोमबार युट्युब रिलिज भएको हो।  

सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर रहेको छ। गीतमा टंक स्वयंमको शब्द तथा संगीत रहेको छ। डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा मुख्य कलाकार कुशल थापा र सन्ध्या केसीको फिचरिङ रहेको छ।

फिल्म पुस १४ गतेबाट प्रदर्शनमा आउँदै छ। फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन्। कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष भूमिका रहेको रति थापाले निर्माण गरेकी हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell