
काठमाडौं : मंगलबार लिग चरणका अन्तिम दुई खेल भएपछि अघिल्लो सोमबारदेखि टीयू मैदानमा सञ्चालन भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा लिग चरणका सबै खेल सकिएको छ।
अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्सलाई ४ तथा ललितपुर प्याट्रिओट्सले पोखरा राइद्दोजलाई ६ विकेटले पराजित गरेको छ।
६ टिम सम्मिलित प्रतियोगितामा सबैले ५-५ खेल खेल्दा ब्याटिङतर्फ सय रन पूरा गर्ने ११ जना खेलाडी मात्र छन्। यस्तै अहिलेसम्म कूल १२ अर्धशतक प्रहार भएपनि शतक कसैले हानेका छैनन्। अर्धशतक प्रहार गर्नेमा ७ विदेशी तथा ३ नेपाली खेलाडी छन्। विराटनगरबाट खेल्ने हङकङका बाबर हायत र अंशुमन रथले समान २-२ अर्धशतक प्रहार गरेका छन्। बाबर र अंशुमन सर्वाधिक रन बनाउनेमा क्रमश: पहिलो र दोस्रो स्थानमा छन्।
यस्तै पोखराका इस्रारउल्लाह, ललितपुरका जयकिसन कोल्सावाला र योगेश नागर, चितवनका प्रविण गुप्ता र भैरहवाका पुनित विष्टले १-१ अर्धशतक बनाएका छन। नेपालका दीपेन्द्र सिंह ऐरी, पवन सराफ र सुनिल धमलाले अर्धशतक प्रहार गरेका छन्।
पोखराबाट खेल्ने धमला नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् भने समग्रमा चौथो स्थानमा छन्। शीर्ष दशमा सुनिलसँगै नेपाली खेलाडीमा पारस खड्का ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख पनि छन्।
यी हुन् सर्वाधिक रन बनाउने ११ खेलाडी
यता सर्वाधिक विकेट लिनेमा भने नेपाली खेलाडी बसन्त रेग्मी अगाडी छन्। विराटनगरबाट खेलेका उनले कूल ११ विकेट लिएका छन्। सर्वाधिक विकेट लिने शीर्ष पाँचमा नेपालका ३ खेलाडी छन्। भैरहवाबाट खेल्ने दिपेश श्रेष्ठ ९ विकेटका साथ तेस्रो तथा भैरहवाकै कप्तान ८ विकेटका साथ पाँचौ स्थानमा छ।
यी हुन् विकेट लिनेतर्फ शीर्ष १२ मा रहेका खेलाडी