
ह्यारी केनले कीर्तिमानी ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले मंगलबार प्रिमियर लिगमा साउथह्याम्पटनलाई ५-२ ले पराजित गरेको छ। जितपछि २० खेलबाट ३७ अंक जोडेको टोटनहम अंक तालिकामा चौथो स्थानमा उक्लेको छ।
घरेलु मैदानमा केनले २२औँ मिनेटमा पहिलो गोल गर्दै प्रिमियर लिगको एकै क्यालेन्डर इअरमा सर्वाधिक गोल गर्ने एलान सिररको कीर्तिमा तोडे। जुन केनले २०१७ मा गरेको ३७औँ प्रिमियर लिग गोल थियो।
त्यतिमै केन रोकिएनन् ३९औँ मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा स्पर्सलाई २-० को अग्रता दिलाए।
दोस्रो हाफमा पनि केनले एक गोल थप्दै ह्याट्रिक पूरा गरे। उक्त ह्याट्रिक केनले एकै वर्ष गरेको छैटौँ ह्याट्रिक हो र यस्तो सफलता हात पार्ने उनी पहिलो खेलाडी समेत बने। स्पर्सका लागि डेले अली र सन मिन हनले पनि एक एक गोल गरे। साउथह्याम्पटनका लागि सोफिएन बाउफल र डुसान ताडिकले गोल फर्काए।
6 - Harry Kane is the first player to score six Premier League hat-tricks in a calendar year. Lethal. pic.twitter.com/cMvj7qNHiu
— OptaJoe (@OptaJoe) December 26, 2017
यस्तै ह्याट्रिकपछि केनको २०१७ मा प्रिमियर लिग गोल संख्या ३९ पुगेको छ। यति मात्र होइन केनले २०१७ को क्यानेडर इअरमा सबैखाले प्रतियोगितामा गरेर सर्वाधिक ५६ गोल गरिसकेका छन्। जुन बार्सिलोनाको लियोनल मेसी भन्दा २ तथा रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोको भन्दा ३ ले बढी हो।
केनले २०१७ मा ५२ खेल खेल्दै ५६ गोल गरेका छन्। उनले ४९ गोल टोटनहम र ७ गोल इंगल्याण्डका लागि गरेका छन्।