PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अगाडि बढाउन राष्ट्रपतिलाई राजपाको सुझाव



पहिलोपोस्ट

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अगाडि बढाउन राष्ट्रपतिलाई राजपाको सुझाव


काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनबाट प्राप्त जनमत मुलुकको शान्ति, समृद्धि र स्थायित्वका लागि सदुपयोग गर्न राष्ट्रिय जनता पार्टीलाई सुझाव दिएकी छन्। 

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवलगायत राजपाका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतल निवासमा मंगलबार साँझ भएको भेटमा राष्ट्रपतिले यस्तो सुझाव दिएकी हुन्। 

भेटमा उनीहरूबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

राष्ट्रपति भण्डारीले चुनावीमा सहभागी भई निर्वाचित हुनुभएकोमा राजपाका नेताहरुलाई बधाई दिदैं मुलुकका मुख्य राजनीतिक पार्टी जिम्मेवार हुनुपर्ने र वर्तमान अवस्थामा देखिएको गतिरोधलाई धैर्यतापूर्वक अगाडि बढाउनुपर्ने बताउनुभएको प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिए। 

मुलुकको शान्ति, स्थायित्व र समृद्धिमा लाग्न राष्ट्रपति भण्डारीले शुभकामना दिनुभएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए। 

भेटमा आफूहरुले राष्ट्रपति कार्यालयमा रोकिएर रहेका राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन राष्टपतिलाई आग्रह गरेको उनले बताए। 

महतोले भने, “हामीले राष्ट्रपतिसमक्ष मधेशी, जनजाति र पिछडिएका वर्गको आन्दोलनलाई निर्वाचनमार्फत जनताले अनुमोदन गरेको बताएका छौँ।”रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell